घुम्ती शिविरबाट ७ हजार बढी लाभान्वित
मेरोन्यूज
२०८१ फागुन २ गते ११:२२

महोत्तरी । मटिहानी नगर कार्यपालिकाको कार्यालयले गत माघ २३ गतेदेखि बिहीबारसम्म मटिहानीमा सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरबाट सात हजार छ सय ९६ जनाले सेवा लिएका छन् ।
शिविरमा नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुने सबै सेवा प्रवाह गरिएको थियो । शिविरमा सबैभन्दा बढी दुई हजार पाँच सय ८७ जनाले सेवा लिएका थिए भने दुई हजार पाँच सय ३० जनाले कृषि सेवा लिएका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले बताए।
तीन वर्षयता नगर कार्यपालिकाको कार्यालयले बर्सेनि घुम्ती सेवा सञ्चालन गर्दै आएको छ । शिविरमा प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी , प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले अनुगमन गरेका थिए ।
सम्बन्धित













बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया