पर्साबाट साढे ११ किलो चरेससहित १ जना पक्राउ

काठमाडौं। पर्साबाट प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका वडा नम्बर ४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्ण रहेका छन्।
कर्णलाई शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १६ चालिस फिट्टे सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
सवारीसाधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने सिलसिलामा अस्थायी प्रहरी पोष्ट इनर्वाको टोलीले नेपालबाट भारत जाँदै गरेका कर्णलाई बिहान १० बजे पक्राउ गरेको लम्सालले बताए।
कर्णले रातो रंगको ग्यालेन बोकेका थिए। माथि घ्यू राखेर रातो प्लाष्टिकमा पोको पारी ग्यालेनभित्र ११ किलो ५०० ग्राम चरेस लुकाएर भारत लैजाँदै गरेको अवस्थामा कर्ण पक्राउ परेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।
‘ग्यालिनभित्र साना-साना पोकैपोका भेटिएका छन्, पोकाभित्र चरेस फेला परेको छ,’ लम्सालले भने।
कर्णले कहाँबाट चरेस ल्याएको भनी प्रहरीलाई स्पष्ट बताइसेका छैनन्। कर्णलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ।
















संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया