पर्साबाट साढे ११ किलो चरेससहित १ जना पक्राउ

काठमाडौं। पर्साबाट प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका वडा नम्बर ४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्ण रहेका छन्।
कर्णलाई शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १६ चालिस फिट्टे सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
सवारीसाधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने सिलसिलामा अस्थायी प्रहरी पोष्ट इनर्वाको टोलीले नेपालबाट भारत जाँदै गरेका कर्णलाई बिहान १० बजे पक्राउ गरेको लम्सालले बताए।
कर्णले रातो रंगको ग्यालेन बोकेका थिए। माथि घ्यू राखेर रातो प्लाष्टिकमा पोको पारी ग्यालेनभित्र ११ किलो ५०० ग्राम चरेस लुकाएर भारत लैजाँदै गरेको अवस्थामा कर्ण पक्राउ परेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।
‘ग्यालिनभित्र साना-साना पोकैपोका भेटिएका छन्, पोकाभित्र चरेस फेला परेको छ,’ लम्सालले भने।
कर्णले कहाँबाट चरेस ल्याएको भनी प्रहरीलाई स्पष्ट बताइसेका छैनन्। कर्णलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया