वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौँ ठगेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउने भनेर रु ३२ लाख ५७ हजार ठगेको उजुरी परेपछि निजलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
यसैगरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट रु ७१ लाख ७० हजार लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको समाचारकक्षको आजको समाचार बुलेटिनमा उल्लेख छ ।
















सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया