आहा रारा गोल्डकपको ट्रफी उज्वेकिस्तानको टोलीले उचाल्यो

काठमाडौं । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ ।
सर्वाधिक सफल टोली मानिएको नेपाल पुलिस क्लबविरुद्ध ३–१ को जित निकाल्दै उज्वेकिस्तानको ब्लाक बुल्स च्याम्पियन भएको हो । ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो ।
शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा ब्ल्याक बुल्सलाई जित दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक ओरिफजोनोभ र शभ्कतजोन सतोरोभले समान एक एक गोल गरेका थिए भने पुलिसका लागि एक गोल त्यो पनि आत्मघाती उपाहार स्वरुप प्राप्त भएको थियो ।
खेलको पहिलो हाफको ४०औं मिनेटमा अखमादोभको गोलमार्फत ब्ल्याक बुल्सले अग्रता लिएको थियो भने दोस्रो हाफको ५८औं मिनेटमा ओरिफजोनोभले टोलीको अग्रता दोब्बर बनाउन सफल भए ।
सतोरोभ ६६औं मिनेटमा गोल गर्दा ब्ल्याक बुल्स ३–० ले अगाडि बढिसकेको थियो तर ७७औं मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल हुन पुग्दा खेल ३–१ को स्थितीमा आयो । त्यसपछि थप गोल निस्कन नसक्दा ब्ल्याक बुल्स यस बर्षको आहा गोल्डकपको च्याम्पियन बन्न सफल भएको हो ।
सेमिफाइलनमा ब्ल्याक बुल्सले थ्री स्टार र पुलिसले चर्च ब्वाइज ब्वाइज युनाइटेडलाई पराजित गरेर फाइनलमा पुगेका थिए ।









काठमाडौँले चितवनलाई दियाे १४३ रनको लक्ष्य
नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकाेमा एशोसियसनको आपत्ति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया