सोमबार, चैत २, २०८२

दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

मेरोन्यूज २०८१ फागुन ३ गते २१:५२

पर्वत। जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छामा आज दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बिहादी–१ कमेरेका ५० वर्षीय बलबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

Advertisement
nepal life insurencenepal life insurence

उनका अनुसार दुर्घटनामा जिपका चालक घाइते भएका छन् । उकालो सडकमा जिपले ‘ब्रेक’ नलागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ध१च २८२ नंको जिप बागलुङको जैमिनीबाट कुश्मातर्फ फर्किने क्रममा बिहादी–१ बाच्छास्थित बाह्रबिसेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कुश्मा नगरपालिका–१ मालढुङ्गाका ४५ वर्षीय चन्द्र माझी घाइते भएका प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो । घाइतेको टाउको, निधार र छातीमा चोट लागेको भन्दै उहाँले माझीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको बताए ।

उहाँका अनुसार मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ । दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया