प्रिमियर लिग : आर्सनल र सिटीको जित, चेल्सीको हार

काठमाडौं – प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ।
आर्सनलले शनिबार राति लेस्टरलाई २-० ले पराजित गरेको हो। लेस्टरको घरेलु मैदानमा भएको खेलमा आर्सनलका दुवै गोल मिकेल मोरिनोले गरेका थिए।
मोरिनले खेलको अन्तिम समयतिर गोल गरेका थिए। उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरेर टिमलाई जिताए।
आर्सनल २५ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा छ। लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ।
शनिबारै भएको खेलमा चेल्सीमाथि ब्राइटनले जित हात पारेको छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३-० को हार व्यहोरेको छ।
म्यानचेस्टर सिटीले न्युक्यासललाई ४-० ले हराएको छ। शनिबारका अन्य खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई १-०, बर्नमाउथले साउथह्याम्पटनलाई ३-१, फुलहमले नटिङघम फरेस्टलाई २-१ र एभर्टनले क्रिस्टल प्यालेसलाई २-१ ले हराएको छ। एस्टन भिला र इप्स्विचले १-१ को बराबरी खेले।
प्रिमियर लिगमा शीर्षस्थानमा लिभरपुल छ। उसको ५७ अंक रहेको छ।
















पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया