प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाकाे जानकारी
मेरोन्यूज
२०८१ फागुन ४ गते १९:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्न अस्पताल कीर्तिपुर पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पोखरा भ्रमण वर्ष-२०२५ उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्यासले भरिएका बेलुनहरु विष्पोट भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरुलाई पोखराको अस्पतालमा प्रारम्भिक उपचार गराएर हेलिकोप्टरमार्फत काठमाडौंको कीर्तिपुरस्थिति बर्न अस्पतालमा ल्याइएको थियो ।
मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि पुगेका थिए । अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित













ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया