प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाकाे जानकारी
मेरोन्यूज
२०८१ फागुन ४ गते १९:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्न अस्पताल कीर्तिपुर पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पोखरा भ्रमण वर्ष-२०२५ उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्यासले भरिएका बेलुनहरु विष्पोट भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरुलाई पोखराको अस्पतालमा प्रारम्भिक उपचार गराएर हेलिकोप्टरमार्फत काठमाडौंको कीर्तिपुरस्थिति बर्न अस्पतालमा ल्याइएको थियो ।
मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि पुगेका थिए । अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित










प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया