मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित
मेरोन्यूज
२०८१ फागुन ५ गते ९:१६

काठमाडौं । इङ्लिस प्रिमियरसीप फुटबलमा लिभरपुलको अग्रता अझ फराकिलो बनाएको छ। आइतबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई २-१ ले हराएको हो। सो जितमा मोहम्मद सलह नायक बने।
घरेलु मैदानमा भएको खेलको १५ औँ मिनेटमा सलहको पासमा लुइज डियाजले लिभरपुललाई अग्रता दिलाएका थिए। यस अगाडि १० खेलमा गोल गर्न असमर्थ कोलम्बियाका डियाजले उल्भ्ससँगको खेलमा निर्णायक गोल गरेका हुन्।त्यसको २० मिनेटपछि डियाजलाई फल प्रहार गरेपछि लिभरपुलले पाएको पेनाल्टीलाई सलाहले उपयोग गरे। सलह पछिल्ला चार खेलमा पाँचौँ गोल गर्न सफल भएका हुन्। उल्भ्सका लागि ६७ औँ मिनेटमा म्याथ्यु चुन्हाले गोल गरे।
यो जितसँगै लिभरपुल ८ अङ्कको अग्रता कायम गर्न सफल भएको हो। लिभरपुल ६० अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५३ अङ्क छ।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया