मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित
मेरोन्यूज
२०८१ फागुन ५ गते ९:१६

काठमाडौं । इङ्लिस प्रिमियरसीप फुटबलमा लिभरपुलको अग्रता अझ फराकिलो बनाएको छ। आइतबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई २-१ ले हराएको हो। सो जितमा मोहम्मद सलह नायक बने।
घरेलु मैदानमा भएको खेलको १५ औँ मिनेटमा सलहको पासमा लुइज डियाजले लिभरपुललाई अग्रता दिलाएका थिए। यस अगाडि १० खेलमा गोल गर्न असमर्थ कोलम्बियाका डियाजले उल्भ्ससँगको खेलमा निर्णायक गोल गरेका हुन्।त्यसको २० मिनेटपछि डियाजलाई फल प्रहार गरेपछि लिभरपुलले पाएको पेनाल्टीलाई सलाहले उपयोग गरे। सलह पछिल्ला चार खेलमा पाँचौँ गोल गर्न सफल भएका हुन्। उल्भ्सका लागि ६७ औँ मिनेटमा म्याथ्यु चुन्हाले गोल गरे।
यो जितसँगै लिभरपुल ८ अङ्कको अग्रता कायम गर्न सफल भएको हो। लिभरपुल ६० अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५३ अङ्क छ।
सम्बन्धित
















डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
‘राइड सेयरिङ’ का एक सय ७५ जना चालकलाई कारबाही
मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया