अध्यादेश जनपक्षीय छैनन् भनेर पुष्टि गर्न विपक्षी दललाई एमाले महासचिवकाे चुनौती

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदबाट पारित भएरै छाड्ने बताएका छन् ।
एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन अध्यादेश संसद छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नका लागि ल्याइएको दाबी गरेका छन ।
‘अध्यादेश संसद छल्न होइन । संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो,’ महासचिव पोखरेलले भने, ‘जनतासँग प्रत्यक्ष जोडिएका काम छिटो छरितो गर्नका लागि अध्यादेश ल्याइएको हो ।’
सरकारले ल्याएका ६ वटै अध्यादेश जनताका पक्षमा भएको दाबी गर्दै पोखरेलले विरोधका लागि बिरोध भन्दा पनि यसकारण अध्यादेश जनबिरोधी छ भनेर औचित्य पुष्ट गर्न विपक्षी दललाई चुनौती दिए । ‘अध्यादेश जनताका पक्षमा छन,’ महासचिव पोखरेलले भने, ‘अध्यादेश के कति कारणले जनताका पक्षमा छैनन् भनेर त्यसको पुष्टि गर्न म विपक्षी दललाई चुनौती दिन्छु ।’









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया