समता शैक्षिक गुठीलाई सनराइज बैंकको आर्थिक सहयोग

काठमाडाैं । सनराइज बैंकले समता शैक्षिक गुठीलाई रु तीन लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ जिल्लामा ८० विद्यालय सञ्चालन गरी सात हजारभन्दा बढी विद्यार्थीलाई मासिक शुल्क रु १०० मा गुणस्तरीय शिक्षा दिँदै आएको गुठीअन्तर्गतका छ प्रदेशस्थित छ विद्यालयलाई रु पचास हजारका दरले हुने गरी उक्त रकम प्रदान गरेको हो ।
गुठीले उक्त रकम तोकिएको विद्यालयको सञ्चालनका लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दीपक सञ्जेललाई रु तीन लाखको चेक हस्तान्तरण गर्दै स्तरीय शिक्षाबाटै राष्ट्र निर्माणको आधार तयार हुने बताए ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्गलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड–१९को कठिन अवस्थामा पनि त्यस्ता कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया