गण्डकी प्रदेश
सांसद शाहीका भाइ भन्छन्– दाइ बिमारी हुनुभएको हो तर चरित्रहत्या भयो

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा एकाएक प्रदेशसभा सदस्य खिमबिक्रम शाही हराएको भन्दै खैलाबैला मच्चियो । आजै मुख्यमन्त्रीविरुद्ध अविश्वसको प्रस्तावमाथि मतदान हुँदै थियो ।
केहीबेरपछि हराएका भनिएका सांसद शाहीको अस्पतालमा उपचाररत फोटो सार्वजनिक भयो । सांसद शाही हराएपछि सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चल्यो । प्रतिपक्षले भन्यो, सरकारले ‘अपहरण’ गर्यो, सत्तापक्षले भन्यो, नेपाली कांग्रेस, माओवादी र जनमोर्चाले ‘नाटक’ गरे । जे भए पनि अन्ततः उनी अकस्मात बिरामी परेर अस्पतालमा उपचारका लागि भर्ना भएको परिवारले दाबी गर्यो ।

म जुनविक्रम शाही हो, सांसद खिम विक्रम शाहीको भाइ हो । दाइ आज अचानक बिरामी हुनुभएपछि हामीले अस्पताल लिएर आएका हौं । म अहिलेपनि अस्पतालमै छु । विभिन्न सञ्चारमाध्यम र फेसबुकमा दाइ अपहरणम परेको भन्ने समाचार आएपछि हामी सबै घर परिवार आक्रान्तमा छौं । सञ्चारमाध्यमहरुले नभएका नभएका कुराहरु तोडमोड बनाएर समाचार प्रकाशन गरेका छन् । दाइ क्वाटरमै हुनुहुन्थ्यो, म अर्कै साथीकोमा बसेको थिए । अन्दाजी १२ बजेतिर दाइले मलाई फोन गरेर अलि असहज भएको सुनाएपछि म हतारिँदै उहाँ भएको ठाउँमा आए । म दाजुकहाँ पुग्दा उहाँको शरीर कामेको थियो । उहाँले टाउको गहुँंगो भएको तथा श्वास फेर्न गाह्रो भएको भन्दै हुनुहुन्थ्यो । मैले उहाँलाई अस्पताल लिएर गए । तर कोरोना पनि हुनसक्छ भन्दै डाक्टरहले भर्ना गरेर उपचार गर्नुपर्छ भन्नुभयो । म दिउँसोदेखि नै दाइसँग नै छु, म अहिलेपछि दाइसँगै छु । फेसबुकमा हेर्दा अपहरणमा परेको यताउता जस्ता अपुष्ट समाचार प्रकाशन गरेको देखेर घरपरिवार हामी चिन्तति र आतंकित बनेका छौं । त्यस्तो केही भएको होईन, उहाँ बिमार परेरै यहाँ आउनुभएको हो । अहिले उहाँको अवस्था सामान्य नै छ ।
यस्तो अवस्थामा भेटिए हराएका सांसद शाही
















शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
Speaker Aryal assumes office
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया