प्रकृति लम्साल मृत्यु प्रकरण: केआईआईटीका ३ कर्मचारी निलम्बन

काठमाडौं । कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले आफ्ना तीन जना कर्मचारी निलम्बन गरेको छ ।
४ फागुनमा कलेजको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको विषयमा छानबिन गर्न केआईआईटीले तीन कर्मचारी निलम्बन गरेको हो ।
केआईआईटीले विज्ञप्ति जारी गर्दै दुई जना सिनियर होस्टल स्टाफ र एक इनटरनेशनल रिलेसन अफिसरलाई निलम्बन गरेको जनाएको छ ।
‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन् । दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ ।’
बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार मृत्यु भएको थियो ।

















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
सुनको भाउमा लगातार कीर्तिमान, तोलाको कति पुग्यो ?
प्रतिक्रिया