गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य: गृहमन्त्री लेखक

मकवानपुर। गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको बताएका छन्।
बागमती प्रदेश राजधानी हेटौँडामा आजदेखि सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ उद्घाटन गर्दै उनले सोही उद्देश्यका साथै मुलुकलाई समृद्धि र सुशासनको यात्रामा अगाडि बढाउन वर्तमान सत्तासमीकरण बनेको बताए।
गृहमन्त्री लेखकले निजी क्षेत्रलाई पनि समाहित गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन लागि परेको उल्लेख गरे। निजी क्षेत्रलाई व्यावसायिक वातावरणको सुनिश्चित गर्नको लागि नै अध्यादेश ल्याइएको भन्दै उनले वर्तमान सरकार गठन भएपश्चात् निर्माण व्यवसायीको भुक्तानी दिने प्रक्रिया सुरु भइरहेको बताए।
निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो।
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौँडा–१०, टिसिएन चौरमा सुरु भएको मेला यही फागुन १८ गतेसम्म सञ्चालन हुनेछ।
मेलामा करिब तीन सय स्टल रहेका छन्। मेलामा नवीनतम निर्माण उपकरण तथा सामग्री,स्थानीय तथा राष्ट्रिय कम्पनीका साथै बहुर्राष्ट्रिय कम्पनीका औद्योगिक उत्पादन, सूचना प्रविधि तथा कृषि उत्पादन, घरेलु तथा हस्तकला सामग्री, महिला उद्यमीद्वारा उत्पादित सामग्री बिक्री–वितरणका लागि राखिएका छन्।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, घरजग्गा, अटो, खाना तथा वस्तु र सेवाको प्रदर्शनी एवं बिक्रीलगायत कार्यक्रम रहेका छन्।

















निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया