चिकित्सक संघ आन्दोलित, आकस्मिकबाहेकका सेवा बन्द गर्ने चेतावनी
देशभरका चिकित्सक कालोपट्टी बाँधेर धर्नामा उत्रिने
मेरोन्यूज
२०८१ फागुन ६ गते २०:२८

काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना मागहरूलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै आन्दोलन घोषणा गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
संघले गत आइतबार ४८ घन्टाको समय दिएर सरकारसँग केही माग राखेको थियो । तीमध्ये आंशिक माग मात्र सम्बोधन भएको र बाँकी मागलाई नेपाल सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार फागुन ७ र ८ गते देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आ –आफ्नो स्वास्थ्य संस्थाअगाडि कालो पट्टी बाँधेर कार्यालय समयको पहिलो १ घण्टा धर्ना कार्यक्रम राखेको छ ।
यी विरोधका कार्यक्रम सञ्चालन गर्दा समेत सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया