स्वास्थ्य सेवा विभागको टोलीद्वारा महाकाली अस्पतालको अनुगमन
मेरोन्यूज
२०७८ वैशाख १५ गते २१:३८

कञ्चनपुर : स्वास्थ्य विभागका महानिर्देशक दीपेन्द्ररण सिंहसहितको उच्चस्तरीय टोलीले आज महाकाली अस्पतालको अनुगमन गरेको छ । टोलीले अस्पतालको वस्तुस्थितिबारे जानकारी लिएको छ ।
टोली प्रमुख श्रेष्ठलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोनाको जोखिम बढ्दै गएका बेला अस्पताल बिरामीले भरिएको बताए । “आवश्यक जनशक्तिको अभाव छ”, उनले भने, “अक्सिजन, भेन्टीलेटरलगायतको अभाव रहेको छ, यसको पूर्ति गरिदिनु पर्यो ।”
महानिर्देशक सिंहले २०० श्ययाको अस्पताल भएकाले क्षमतानुसार जनशक्ति र अक्सिजनलगायतको व्यवस्था मिलाइने बताए । टोलीले आजै पश्चिमी सीमानाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कको समेत अनुगमन गरेको छ । रासस
सम्बन्धित













एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया