कांग्रेस नेता नवीन्द्र पत्नीले बाढिन् स्वास्थ्य सामग्री

काठमाडाैं । ‘कोभिड १९ घरदैलो’ अभियानअन्तर्गत कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशी सक्रिय बनेकी छिन् । स्वयम्भूनाथ मन्दिरमा १०८ दीप प्रज्ज्वलन गरेर सुरु भएको अभियानअन्तर्गत बुधबार काठमाडौं क्षेत्र नं. ८ का विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
श्रीमानको असल कार्यलाई निरन्तरता दिएकी सपनाले बुधबार जलगणेश, भेलु महादेव, महाविष्णु मन्दिर, विष्णुमती चैत्य, बाघभैरव र सिद्धिविनायक मन्दिरमा दीप प्रज्ज्वलन गरेर ती क्षेत्रमा मास्क, स्यानिटाइजर, पीपीई, अक्सिमिटर र जनचेतनामूलक पर्चा–पम्लेट वितरण गरेकी हुन् ।
सपनाको अभियानलाई कांग्रेसका विभिन्न इकाइ समिति, हेलु महादेव संरक्षण समाज, महाविष्णु मन्दिर सत्तलघाट संरक्षण समिति, ढुमाखेल टोल सुधार समिति, ढुमाखेल महिला समूह, ढुमाखेल युवा क्लब, सिद्धार्थ टोल सुधार समिति र जनसेवा मार्ग टोल सुधार समिति लगायत सामाजिक संस्थाले साथ दिएका छन् । ती संस्थाले सम्बन्धित क्षेत्रमा सपनाको सहयोगमा स्वास्थ्य सामग्री वितरण गर्नेछन् ।
बुधवार स्वयम्भू प्रहरी वृत्तलाई २० थान पीपीई, ६ बोतल स्यानिटाइजर र ६ प्याकेट एन–९५ मास्क वितरण गरिएको छ । अभियानअन्तर्गत क्षेत्र नं. ८ का अन्य विभिन्न स्थानमा पनि बुधवार नै स्वास्थ्य सामग्री वितरण गरेको नेता सुदर्शनमान सिंहले जानकारी दिए ।
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया