झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद
मेरोन्यूज
२०८१ फागुन ७ गते १७:०२

पर्सा । पर्सा प्रहरीले ११ किलो ९५० ग्राम चरेस बरामद गरेको छ।
जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट प्रहरीले मंगलबार राति चरेस बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले झाडीमा लुकाएर राखेको २४ वटा प्याकेटमा रहेको उक्त चरेस बरामद गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
नेपालबाट भारततर्फ तस्करी गरी लैजाने उद्देश्यले चरेस झाडीमा लुकाएर राखेको हुनसक्ने आशंका प्रहरीको छ। उक्त चरेस कसले त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको लम्सालले बताए।
चरेस गाँजाबाट प्रशोधन गरी बनाइन्छ। चरेसको अन्तर्राष्ट्रिय माग र मूल्य उच्च छ। नेपालको धादिङ, मकवानपुर, धनकुटालगायत जिल्ला गाँजा खेतीले चिनिन्छन्।
सम्बन्धित











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया