लिभरपुल एष्टन भिल्लासँग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा बिहीबार बिहान राति लिभरपुल बराबरीमा रोकिएको छ।
लिगको शीर्ष स्थानको लिभरपुल एष्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएको हो। भिल्लाको मैदानमा लिभरपुलले अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भएको छ।
भिल्ला पार्कमा लिभरपुलका मोहम्मद सलाहले २९औं मिनेटमा अग्रता बनाएका थिए। तर, घरेलु टोलीले पहिलो हाफमै २-१ को अग्रता बनाउन सफल भयो।
३८औं मिनेटमा युरी मिलेमान्सले १-१ को बराबरी गोल गरेका हुन्। ओली वाट्किन्सले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेलमा २-१ को अग्रता राखे।
तर, ६१औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले बराबरी गोल गर्दै लिभरपुलको हारबाट जोगाएका थिए।
यद्यपि, लिभरपुलले शीर्ष स्थानमा आठ अंकको अग्रता कायम गरेको छ। उसले २६ खेलबाट ६१ अंक जोडेको छ।
दोस्रो स्थानमा रहेको आर्सनलले एक खेल कम खेल्दै ५३ अंक जोडेको छ। बराबरीपछि २६ खेलबा ३९ अंक जोडेको एष्टन भिल्ला नवौं स्थानमा छ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया