लिभरपुल एष्टन भिल्लासँग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा बिहीबार बिहान राति लिभरपुल बराबरीमा रोकिएको छ।
लिगको शीर्ष स्थानको लिभरपुल एष्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएको हो। भिल्लाको मैदानमा लिभरपुलले अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भएको छ।
भिल्ला पार्कमा लिभरपुलका मोहम्मद सलाहले २९औं मिनेटमा अग्रता बनाएका थिए। तर, घरेलु टोलीले पहिलो हाफमै २-१ को अग्रता बनाउन सफल भयो।
३८औं मिनेटमा युरी मिलेमान्सले १-१ को बराबरी गोल गरेका हुन्। ओली वाट्किन्सले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेलमा २-१ को अग्रता राखे।
तर, ६१औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले बराबरी गोल गर्दै लिभरपुलको हारबाट जोगाएका थिए।
यद्यपि, लिभरपुलले शीर्ष स्थानमा आठ अंकको अग्रता कायम गरेको छ। उसले २६ खेलबाट ६१ अंक जोडेको छ।
दोस्रो स्थानमा रहेको आर्सनलले एक खेल कम खेल्दै ५३ अंक जोडेको छ। बराबरीपछि २६ खेलबा ३९ अंक जोडेको एष्टन भिल्ला नवौं स्थानमा छ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया