दिल्लीको मुख्यमन्त्रीमा शपथ लिँदै रेखा गुप्ता
मेरोन्यूज
२०८१ फागुन ८ गते ११:१३

काठमाडौं । भारतको दिल्लीमा भाजपाकी सांसद रेखा गुप्ता नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन्।
गुप्ताले बिहीबार नयाँ मुख्यमन्त्रीको शपथ लिन लागेकी हुन् । उनीसँगै ६ जना मन्त्रीले शपथ लिनेछन् । मुख्यमन्त्रीको दौडमा सबैभन्दा अगाडि रहेका प्रवेश बर्मा उपमुख्यमन्त्री बन्ने भएका छन् ।
भारतीय जनता पार्टीले बुधबार गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । हालै भएको विधान सभा निर्वाचनमा दिल्लीमा भाजपा विजयी भएको थियो। उसले ७० मध्ये ४८ सिटमा विजय प्राप्त गरेको थियो। तर, भाजपाबाट कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगिएको थिएन।
पहिलोपटक विधान सभा सदस्यमा निर्वाचित भएकी गुप्ताले मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन्। दिल्लीमा १७ वर्षपछि भाजपा सत्तामा फर्कन लागेको हो।
सम्बन्धित
















रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया