शुक्रबार, पुष ४, २०८२

बजार बिस्तारमा आक्रामक बन्दै एलएस अटो

मेरोन्यूज २०८१ फागुन ८ गते १३:०८

काठमाडाैं । विश्वकै ठूलो अटोमोबाइल डिजाइन हाउसहरूमध्ये एक संघाइ लन्च अटोमोटिभ टेक्नोलोजीको एलएस अटो नेपाली बजारमा आक्रामक बन्दै गएकाे छ ।

केहिसमयअघि मात्रै नेपाली बजार प्रवेश गरेकाे एलएस अटोकाे पहिलो मोडलको रुपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रीक एसयूभी बिक्री सुरु गरिएकाे थियाे ।

नेपालको लागि नेक्सन भेन्चर आधिकारीक वितरक नियुक्त भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्र्याएको हो ।

स्ट्याण्डर्ड र कम्फर्ट गरि दुई भेरियन्टमा भित्रिएकाे एलईभी ०१ मा ६७.१ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यो इभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । प्योर इलेक्टीक प्ल्याटफर्म एलईभी एक्समा बनेको यो इभीमा व्याट्रीप्याक पोजीसन साइड बडिभन्दा अझै माथि रहेको छ । यसको ब्याट्रीप्याक र ग्राउण्ड बिचको दुरी २२१ एमएमको रहेको छ ।

एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन भएको यसको ब्याट्रीप्याक अन्य इभीहरुमा जस्तो ह्याङगीङ्ग भएको जस्तो बाहिरबाट देखिँदैन । एस भोल्टको व्याट्री एनसीएम तथा व्लेडब्याट्री भन्दा ८ प्रतिशतले बढि दक्ष रहेको छ ।

चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ । यसको ड्रयाग कोफिसीयन्ट इलेक्ट्रीक एसयूभीहरुमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ । यो इभीले एक पटकको फुल चार्जमा ५००+ किलोमिटर सम्मको रेन्ज दिन्छ ।

प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेट स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बीयन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्टल क्लस्टर, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता फिचर रहेको छ ।

सुरक्षाका लागि यो इभीमा १० वटा एयरव्याग, इबीडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेको छ ।

एलईभी ०१ (सीई) काे मुल्य ६९ लाख ९५ हजार र एलईभी ०१ (एसई) काे ६१ लाख ९५ हजार राखिएको छ ।

कम्पनीले सन् २०२५ मा थप दुई मोडलहरु एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ । यी कारहरु एलएचएस र आरएचएस दुबै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा समेत आउनेछन् । एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्टीक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो ।

प्रतिक्रिया