एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् ।
उक्त स्वास्थ्यचौकीमा एक एचए, तीन अहेब, दुई अनमी र एक जना कार्यालय सहयोगी गरेर जम्मा सात जनाको दरबन्दी भए पनि यतिखेर दुई अनमीले मात्रै काम गर्दे आएको स्थानीयवासीले बताएका छन् ।
अनमी स्वास्थ्य संस्थामै कार्यरत भएको भए पनि सेवाग्राहीले भने पर्याप्त मात्रामा सेवा नपाएको गुनासो गरेका छन् ।
चार दिनदेखि लगातार ज्वरोबाट ग्रस्त भएका एक वर्षीय बालकलाई उपचार गर्नका लागि स्वास्थ्यचौकीमा लैजाँदा झारो टार्ने काम गरेको सिमकोट–८ याङ्गु गाउँका स्थानीयवासी गजिन्द सुनारले गुनासो गरे ।
अन्य स्वास्थ्यकर्मीलाई उपस्थित हुन पटकपटक ताकेता गर्दा पनि नआएको वडाध्यक्ष चक्र बुढाले बताए । आउँदो आइतबारसम्म स्वास्थ्यचौकीमा फिर्ता हुने सो स्वास्थ्यचौकीका इन्चार्ज रविजङ्ग शाहीले बताए ।














कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया