भक्तपुरमा नक्कली सुन देखाएर एक महिनादेखि ठग्ने दुई जना प्रहरी हिरासतमा

काठमाडौं । एक महिनायता भक्तपुर जिल्लामा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई हाल भक्तपुर ठिमी बोडे डेरा गरी बस्ने ६२ वर्षीय धनजित तामाङ र बाह्रबिसे नगरपालिका-४ घर भई बोडे नै बस्ने ४८ वर्षीय दलबहादुर तामाङ रहेका छन्।
दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरेको हो।
उनीहरूको साथबाट एक किलो नक्कली सुन बरामद भएको आचार्यले बताए।
‘एक महिनादेखि सुन छ, बजार मूल्यभन्दा सस्तोमा दिन्छौं भन्दै पहेंलो धातु देखाएर सर्वसाधारणलाई ठगी गरेको भन्ने उजुरी परेको छ,’ आचार्यले भने, ‘अहिलेसम्म के कति व्यक्तिलाई ठगी गरेको भन्ने विवरण संकलन भइरहेको छ।’
धनजित यसअघि ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसरबाट पक्राउ परेका व्यक्ति हुन्। उनीहरू दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
















संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया