रास्वपाको राजनीतिक प्रशिक्षण आजदेखि
मेरोन्यूज
२०८१ फागुन ९ गते १७:२८

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ ।
स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना भइरहेको र प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम शनिबारसम्म सञ्चालन हुने छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्वबारे प्रकाश पारेका थिए ।
उपसभापति डा स्वर्णिम वाग्लेले प्रशिक्षणले सङ्गठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए । केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला, पालिकासम्म प्रशिक्षण गर्ने तालिका रहेको उपसभापति डा वाग्लेले बताए ।
सम्बन्धित









सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया