प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद्को मुद्दा लिएर जनतामा जाँदै माओवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले यही फागुन १२ गतेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा लिएर जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । गत पुसमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयानुसार आगामी चैत ८ गतेसम्म हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सञ्चालन गर्न लागिएको माओवादीले जनाएको हो ।
कोशी प्रदेशको झापाबाट सुरू हुने सो अभियान मोरङ र सुनसरी, मधेसको सर्लाही, रौतहट, बारा र पर्सा, बागमतीको चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर पुगेर सकिनेछ ।
अभियानका क्रममा संविधान संशोधनका नाममा महिला, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमलगायत समुदायले प्राप्त गरेको समानुपातिक प्रतिनिधित्विको अधिकार थप बलियो बनाउन उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रण गरिने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
“अब संविधान संशोधन गरेर नेपाली विशेषतासहितको कार्यकारी राष्ट्रपति मोडेलमा जानुपर्छ”, उनले भने, “भ्रष्टाचारको मूल कारक निर्वाचन प्रणाली हो, पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद् र विज्ञमध्येबाट मन्त्रिपरिषद् गठन हुनुपर्छ ।”
सो क्रममा मिटरब्याजका साथै तराई–मधेसका किसानका समस्या समाधान, महँगी कालोबजारी, मूल्यवृद्धि नियन्त्रण, जनसरोकार, जनजीविका र स्थानीय विकास निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि सरकारलाई दबाब दिइने माओवादीले जनाएको छ । करिब एकमहिना चल्ने सो अभियानमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता कार्यकर्ता सहभागी हुनेछन् । माओवादीले यसअघि गत भदौमा पनि तीनमहिने अभियान सञ्चालन गरेको थियो ।
फरक प्रसङ्गमा माओवादी प्रवक्ता सापकोटाले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यले आ–आफ्नो सम्पत्ति विवरण पार्टी केन्द्रीय समितिमा बुझाउने निर्णय भएको जानकारी दिए । उनले विगतका गल्ती कमजोरी स्वीकार्दै, आत्मसमीक्षा गरेर रूपान्तरण र शुद्धीकरणतर्फ पार्टी अघि बढिरहेको स्पष्ट पारे ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया