नेकपा एसको बैठक भोली पनि जारी रहने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजका लागि सकिएको छ।
ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आज सुरू बैठकलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गरेका थिए।
आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसद्मा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू बैठकमा अजेन्डामा रूपमा प्रस्तुत गरिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
आजको बैठकमा कमानसिंह खड्का, महेश रेग्मी, कृष्ण नेपाली, नन्दलाल बञ्जाडे, शेरबहादुर केसी, महादेव भारती, चमिना भट्टराई, प्रेमलकुमार खनाल, भगवती नेपाल, शंकर पोखरेल र घनप्रसाद गौतमले धारणा राखेका थिए।









सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
प्रतिक्रिया