कुनै पार्टीसँग एकताको सम्भावना छैन- नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।
जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।
केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका थिए । त्यसको जवाफ दिँदै अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीसँग जोडेर अनेक प्रचार आउने गरेका छन्, कहिले पार्टी एमालेसँग मिल्ने भयो भनेर, कहिले माओवादीसँग मिल्न जाने भयो भनेर,’ अध्यक्ष नेपालले भने, ‘यस्ता कुप्रचार भइरहेका छन्, कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन।’
उनले आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै पार्टी सशक्त बनाउन सकेमात्र क्रान्तिकारी धारको बलियो शक्ति बन्ने बताए ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया