कस्तो छ फिल्म होस्टेल-३ को ट्रेलर ?

काठमाडौँ । फिल्म ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराएको छ । ट्रेलरले कलेज र होस्टेल जीवनको रमाइलो पक्ष देखाउँदै प्रेम, द्वन्द्व, त्याग, सङ्घर्ष र षड्यन्त्रको कथा देखाएको छ ।
सशान कँडेलको निर्देशनमा बनेको फिल्ममा पारससहित रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतको अभिनय छ । यही फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा निर्देशक कँडेलकै कथा र माधव शर्माको पटकथा तथा संवाद छ ।
सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सले निर्माणमा सहकार्य गरेको फिल्मका निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला छन् । सह-निर्माताहरु शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल हुन् । अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, हिमाल केसीको द्वन्द्व र विकास दाहालको सम्पादन छ ।
ट्रेलरको लिंक: https://youtu.be/9WTiSuyNq1Y










नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया