पूर्वाञ्चल विश्वविद्यालयको जिम्मेवारीपूर्ण निर्णय, विदेशबाट फर्किने विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विदेशबाट कुनै कारणबस अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने भएको छ ।
भारतको ओडिशास्थित कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै आवश्यक प्रक्रिया पुरा गरेका विद्यार्थीहरुले क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने जनाएको हो ।
विदेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न इच्छुक भएको खण्डमा पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने जनाएको । पूर्वाञ्चल विश्वविद्यालयले त्यस्ता विद्यार्थीहरूका लागि क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने जनाएको छ ।
हालै भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछिको घटनाक्रमपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्केर अन्योल भएको बेला पूर्वाञ्चल विश्वविद्यालयले महत्वपूर्ण निर्णय लिएको छ ।
उक्त प्रकरणपछि सो विश्वविद्यालयमा पढ्न गएका डेढसय भन्दा बढी नेपाली विद्यार्थीहरू नेपाल फर्किसकेका छन् ।












समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
आजपा, जनादेश र लघुवित संघर्ष समितिबिच चुनावी तालमेल गर्ने सहमती
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया