हुम्लामा हरेक दुई महिनामा नि:शुल्क स्वास्थ्य शिविर

चङ्खेली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
‘अध्यक्ष(उपाध्यक्ष भेटौँला, चङ्खेलीवासीका दुःख मेटौँला’ भन्ने नारा दिएर जिल्लाको मध्य क्षेत्रमा रहेको सो गाउँपालिकाले हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको स्वास्थ्य शाखा प्रमुख शुरवीर शाहीले बताए ।
आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममार्फत हरेक दुई महिनामा जिल्ला स्वास्थ्य सेवा कार्यालयको समन्वयमा विशेषज्ञ चिकित्सक ल्याइ हरेक गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति पारित भएसँगै हरेक दुई महिनामा नियमित रूपमा शिविर सञ्चालन हुँदै आएको छ ।
गाउँपालिकाको निःशर्त बजेटमार्फत रु छ लाख विनियोजन गरी एक वर्षमा छ वटा शिविर सञ्चालन गर्ने कार्यपालिकाको निर्णयसँगै गाउँसभाले पारित गरेपश्चात् अहिलेसम्म दुई हजार जनाभन्दा बढीले यो सेवा लिएको र ३५ बिरामीलाई काठमाडौँको केएमसी अस्पतालमा ल्याइ उपचार गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक शाहीले बताए ।
उक्त शिविरमार्फत चिकित्सकको सिफारिसमा उनीहरूलाई गाउँपालिकाले ल्याउने र लैजाने भाडा उपलब्ध गराई काठमाडौँमा निःशुल्क उपचार गराएको हो । हरेक दुई महिनामा हुने उक्त निःशुल्क शिविरका लागि प्रतिशिविर रु ५० हजारका दरले खर्च हुन्छ ।
स्वास्थ्य सेवा कार्यालयको समन्वयमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई जिल्लाबाट ल्याउने र लैजाने भाडा तथा उनीहरूलाई खाना तथा बस्नका लागि गाउँपालिकाले व्यवस्था गर्ने र निःशुल्क औषधि वितरण गरी गाउँपालिकाका नागरिक कोही पनि औषधि नपाएर मर्नु नपरोस् भनी यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए ।










Nepal enters semifinals of Blind Women’s Cricket Tournament
जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
सरकारलाई मानवअधिकार आयोगको आग्रह- हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुनू
Ensure justice to Gen Z: Home Minister Aryal
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
सन्तोष परियारले छाडे रास्वपा
प्रतिक्रिया