केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा

काठमाडौं– आइतबारबाट काठमाडौंमा सुरु हुने तेश्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको छ ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको हो । प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने राष्ट्रिय युवा संघका प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।
प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी जियानलुजी बुफनको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।
















म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
‘राइड सेयरिङ’ का एक सय ७५ जना चालकलाई कारबाही
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया