अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौ । नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज म्यान्मारको सामना गर्दै छ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु हुने छ ।
प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यान्मारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ-आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यान्मार अगाडी छ भने नेपाल दोस्रो स्थानमा छ ।
नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५-० र लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै आज यो खेलअघि लेबनान र किर्गिस्तान अपराहन्न १ बजेदेखि खेल्दै छन् । फाइनलबाट बाहिरिएपनि दुवै सान्त्वना जितको खोजीमा आजको खेल खेल्दै छन् ।
प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबीच नै हुने तालिका रहेको छ ।
















पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया