नेपाल सरकारका अधिकृत श्यामले ल्याए गीत ‘फूलको रङ्ग’

काठमाडौं । नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको कर्णप्रिय गीत सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार प्रेमी गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतलेसाथ दिएकी छन् ।
लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द गीतकार दयाराम पाण्डेले कोरेका हुन् । गीतमा एरेन्ज महाराज थापाको रहेको छ ।
एउटा प्रेमीले प्रेमीको सौन्दर्यको बर्णन गरेको गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र उषा उप्रेती फिचर्ड छन् । प्रभात र उषालाई रोमान्टिक जोडीको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोको निर्देशन विक्रम स्वारले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा प्रविन भट्टले निर्देशन गरेका हुन् ।
गायक श्याम राउत नेपाल सरकारका निजामती सेवाका अधिकृत हुन् । उनले भारतको इलाहाबादबाट क्लासिकल संगीत सिकेका छन् । गायिका मिराले पनि इलाहाबादबाट क्लासिकल संगीत सिकेकी हुन् ।
धेरै पहिले देखिन आफ्नो स्वरमा गीत ल्याउन चाहना हुदाहुदै पनि कामको ब्यस्तातले गर्दा अहिले भर्खर त्यो संयोग जुरेको गायक राउतले बताए ।
https://youtu.be/rkooJzZt6G0https://youtu.be/rkooJzZt6G0













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया