सशस्त्र प्रहरीको बढुवा ज्येष्ठताका आधारमा हुनुपर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१’ माथिको छलफलका क्रममा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको अन्तरसम्बन्धलाई अझै स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याए ।
“सशस्त्र प्रहरीको बढुवाको पहिलो आधार ज्येष्ठता नै बनाउनुपर्छ । कार्यसम्पादन मूल्याङकनलाई बढुवाको पहिलो आधार बनाउँदा चलखेलको आशङ्का हुन्छ”, सांसद पाण्डेले भने ।
सांसद पाण्डेले ‘चेन अफ कमाण्ड’मा विधेयक फितलो देखिएको टिप्पणी गरे । सो विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद जीवन परियारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अलग अलग जिम्मेवारी भएकाले त्यसलाई अझ स्पष्ट बनाउनुपर्नेमा जोड दिए ।
“सशस्त्र प्रहरीले अनुसन्धान गर्ने हैन । नेपाल प्रहरीले अनुसन्धान गर्ने हो । आआफनो क्षेत्राधिकार स्पष्ट गर्नुपर्छ”, सांसद परियारले भने, “सशस्त्रलाई सीमा सुरक्षाको छुट्टै मापदण्ड बनाएर अधिकार दिन सक्यौँ भने ऐन समृद्ध हुन सक्छ ।”
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया