जनतासँग माओवादी अभियान जनसंवाद अभियान हो- प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि बढाएको हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान जनताको कुरा सुन्ने जनसंवाद अभियान भएको बताएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको झापा गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
प्रचण्डले यो अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रुपमा भन्दा सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको बताए । सहरी क्षेत्रका जनताको मनोविज्ञान विभिन्न माध्यमबाट थाहा हुने भए पनि देशको दक्षिण र ग्रामीण क्षेत्रमा बस्ने जनताको मनोविज्ञान कस्तो छ भनेर जान्न पनि यो अभियान महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे । देशको दक्षिण क्षेत्रमा बस्ने अधिकांश जनता आदिवासी र उत्पीडित समुदाय रहेको उल्लेख गर्दै उहाँले यो आफ्नो पार्टीले आफ्नै वर्ग समुदायमा फर्कन गरेको निर्णयको कार्यान्वयनको सुरुवात भएको बताए ।
अब यसैले वैशाखमा मध्यपहाड र हिमाली क्षेत्रका जनता के चाहन्छन भनेर बुझ्न यसरी नै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने बताए ।
झापाबाट सुरु भएको पहिको दिनको कार्यक्रम निकै उत्साहजनक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब फेरि माओवादीप्रति जनतामा आकर्षण बढिरहेको र नेता कार्यकर्ताको आत्मविश्वास बढ्दै गएको बताए ।
झापा हिजो सामन्तवादको विरुद्ध बिद्रोहको केन्द्र रहेको र त्यतिबेलाको बिद्रोहको नेतृत्व गर्ने नेताहरु अहिले प्रतिक्रान्तिको हिस्सेदार बनेको प्रति झापाली जनताको ध्यानाकर्षण गराउन पनि यो अभियान महत्त्वपूर्ण भएको उनले स्पष्ट गरे ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया