९१ वटा कृषि फार्म, सहकारी र समूहलाई तीन करोड अनुदान

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चार वटा जिल्लाका ९१ वटा कृषि फार्म, सहकारी र समूहलाई यस वर्ष करिब रू तीन करोड अनुदान वितरण गर्ने भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लामा लागू भएको स्याउ, सुन्तला, आलु, च्याङ्ग्रा र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० मार्फत अनुदान पाउने लाभग्राही छनोट गरेको हो।
सार्वजनिक सूचना जारी गरेर प्राप्त भएका आवेदनहरूको स्थलगत अध्ययन गरि प्राविधिक समितिको बैठकले छनोट गरेका लाभग्राहीसँग जोमसोम र बेनीमा रहेको परियोजनाको कार्यालयमा सम्झौता गर्न थालिएको परियोजनाका प्रमुख भरतराज गौतमले बताए।
कृषि तथा पशुजन्य बस्तुको उत्पादन वृद्धिका लागि खेती विस्तार, यान्त्रिकरण, साना सिँचाइ, भण्डारण र बजारीकरणसम्बन्धी कार्यका लागि प्रस्तावित परियोजनाका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइने उनले बताए।
मुस्ताङको पाँच वटा स्थानीय तहमा लागू भएको च्याङ्ग्रा जोन कार्यक्रममार्फत दुई वटा शीर्षकमा ११ र आलु जोनमा आवद्ध १३ वटा संस्था तथा फार्मले रू ३४र३४ लाख अनुदान पाउने भएका छन्।
स्याउ जोनमार्फत ४२ वटा फार्म तथा संस्थालाई रू एक करोड ४६ लाख अनुदान प्रदान गरिने परियोजनाका प्राविधिक गणेश जिसीले बताए। सिँचाइ पूर्वाधार निर्माण तथा सम्भार कार्यक्रममार्फत २२ वटा संस्था तथा फार्मालाई अधिकतम रू दुई लाखका दरले अनुदान दिन छनोट गरिएको छ।
म्याग्दीको बेनी नगरपालिका, मङ्गला, मालिका, पर्वतको जलजला गाउँपालिका र बागलुङ नगरपालिकामा लागू भएको सुन्तला जोन कार्यक्रमबाट १८ वटा संस्था तथा फार्मलाई रू ५५ लाख अनुदानका लागि छनोट गरिएको परियोजनाले जनाएको छ।
रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा लागू भएको आलु जोनबाट छ वटा समूहलाई रू १९ लाख र बङ्गुर जोनमार्फत एक वटा फार्मलाई पाँच लाख अनुदान दिन छनोट गरिएको छ। किसानलाई मागको आधारमा विभिन्न कृषि औँजार र उपकरण पनि उपलब्ध गराउने कार्यक्रम रहेको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए।















विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
लागुऔषधसहित एक्काइस जना पक्राउ
स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि
एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया