दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी दिल्ली क्यापिटल्सले इङल्याण्डका पूर्व कप्तान केभिन पिटरसनलाई २०२५ सिजनको लागि आफ्नो मेन्टर नियुक्त गरेको छ । ४४ बर्षिय पिटरसन पहिलो पटक प्रशिक्षकको भूमिकामा हुनेछन् ।
उनी २००९ देखि २०१४ सम्म आइपिएलमा खेलाडीको रूपमा सहभागी थिए । उनले १७ आईपीएल खेलमा कप्तानी पनि गरिसकेका छन् । उनले दिल्लीबाट आइपिएल समेत खेलेका थिए ।
फ्रान्चाइजले ३ महिना अघि आफ्नो कोचिङ स्टाफ परिवर्तन गरेको थियो । त्यसपछि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङ पञ्जाब किंग्समा सामेल भएका थिए ।
दिल्लीले भारतका पूर्व तीव्र गतिका बलर मुनाफ पटेललाई बलिङ प्रशिक्षक नियुक्त गरिएको थियो भने हेमाङ बदानी टोलीको मुख्य प्रशिक्षक र वेणुगोपाल राव क्रिकेट निर्देशक बनेका थिए ।
दिल्ली क्यापिटल्सको टोली २०२१ देखि आईपीएल प्लेअफमा पुग्न सकेको छैन भने आइपिएल शुरु भएदेखिनै उपाधि जित्न नसकेका अहिलेका चार फ्रेन्चाइजी मध्ये दिल्ली पनि एक हो ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया