म्यानमामा कार दुर्घटना हुँदा ७ जनाको मृत्यु
मेरोन्यूज
२०८१ फागुन १८ गते १८:३९

पूर्वी म्यानमाको शान राज्यमा ३० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको म्यानमाको अग्नि सेवा विभागले जनाएको छ ।
दुर्घटना शनिबार राति करिब स्थानीय समय अनुसार ८ बजे भएको हो ।
एक स्थानीय प्रहरी अधिकारीले आइतबार बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताए ।
उहाँका अनुसार घाइतेमध्ये पाँच पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
उद्धारकर्मीहरुले घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरेको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित











प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
प्रतिक्रिया