घोराहीमा मगर सङ्ग्रहालय स्थापना

घोराही (दाङ)। मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् । नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष वेदबहादुर बुढामगरका अनुसार मगर समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको भए पनि साँघुरो ठाउँका कारण व्यवस्थित हुन नसकेको बताए।
उहाँले भन्नुभयो, “सङ्ग्रहालय मगर समुदायको कला, स्ांस्कृति र परम्पराका बारेमा अध्ययन तथा जानकारी लिने ठाउँ बनेको छ ।” मगर समुदायसँग सम्बन्धित थप सामग्रीलाई खोज्ने कार्य भइरहेको तथा नयाँ भवन निर्माणपछि सङ्ग्रहालय व्यवस्थित हुने अध्यक्ष मगरले बताए ।
मगर समुदायको बाहुल्य रहेका रोल्पा र रुकुमलगायत क्षेत्रबाट क्षेत्रबाट सामग्री सङ्कलन गरिने छ । “अहिले नमूनाका रुपमा सङ्ग्रहालय स्थापना गरेर कला, संस्कृति र परम्पराको संरक्षणमा लागेका छौँ”, लुम्बिनी प्रदेश सरकारबाट रु आठ लाखको सहयोग प्राप्त भएको जानकारी दिँदै उनले भने सङ्ग्रहालयमा मगर समुदायसँग सम्बन्धित वेशभूषा, गरगहना, बाजासँगै दैनिकी जीवनयापनका क्रममा प्रयोग गरिने काठ, माटो, तामाका विभिन्न सामग्रीहरुसँगै धनुष, नरसिङ्गा, पञ्चैबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दियो, टुकी, ठेकी, जाबे झोला, तुला, हलो, जुवालगायत घरेलु उत्पादन राखिएका छन् ।
मगर सङ्ग्रहालयसँगै कार्यालय सञ्चालनका लागि सङ्घीय सरकारको रु एक करोडको लागतमा घोराही उपमहानगरपालिका–१८ ढोडेनीमा नयाँ भवन निर्माण हुने अध्यक्ष बुढाले बताए।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया