दोहोरो अंकले घट्यो नेप्से परिसूचक, १४ अर्ब २८ करोडको कारोबार

काठमाडौँ। सेयर बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आइतबार ७५ अंकले बढेको नेप्से परिसूचकमा सोमबार भने १३ अंकको गिरावट देखिएको हो। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।
नेप्सेका अनुसार परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ को बिन्दुमा कायम भएको हो। यस दिन ३०० कम्पनीको सेयर कारोबार हुँदा १८७ कम्पनीको घटेको छ भने ५१ कम्पनीको बढेको छ। ६ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ।
सोमबार तीन करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर एक लाख ३९ हजार ५५५ पटक खरिदबिक्री हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँ कारोबार भएको छ। यसअघि आइतबार १४ अर्ब २५ करोड चार लाख ७५ हजार ७३६ बराबरको कारोबार भएको छ।
यस दिनको कारोबारमा लाइफ इन्स्योसेन्स ०.७७, उत्पादन तथा प्रशोधन ०.२५, म्युचुअल फन्ड १.००, निर्जीवन बीमा ०.४६ र अन्य समूहको उपसूचक १.६८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
बैंक १.३५, विकास बैंक ०.८४, वित्त ०.९३, होटल तथा पर्यटन १.८८, जलविद्युत् १.२१, लगानी ०.२४, लघुवित्त ०.८८ र व्यापार समूहको उपसूचक ०.८४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको एक अर्ब ३८ करोड ७४ लाख ४७ हजार ९२४ रुपैयाँ बराबरको १२ लाख ९५ हजार ५०६ कित्ता सेयर किनबेच भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा एचआईडीसीएलको १७ लाख ७१ हजार ५५० कित्ता किनबेच भएको छ।
















इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया