तस्करीको आशंकामा बारा प्रहरीले नियन्त्रणमा लियो ट्रक, ५३ लाख बराबरको सामान जफत
मेरोन्यूज
२०८१ फागुन १९ गते १९:१४

काठमाडौं। भन्सार छलीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीले सोमबार दिउँसो १ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना६ख ४४४७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भन्सार छलीको सामान रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए।
उक्त ट्रकमा करिब ५३ लाख ४० हजार ९० रुपैयाँ बराबरको विभिन्न खुद्रा सामानहरू रहेको तामाङले बताए।
उक्त ट्रक र सामान आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।
तामाङले तस्करीमा प्रहरीले शून्य सहनशीलता अपनाएको भन्दै तस्करी नसहने बताए। ‘हामी तस्करी नियन्त्रणमा केन्द्रित छौं,’ तामाङले भने, ‘तस्करीजन्य अपराधमा प्रहरीले शून्य सहनशीलतापूर्वक काम गरिरहेको छ।’
सम्बन्धित
















मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान
प्रतिनिधिसभा बैठक जारी
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया