तस्करीको आशंकामा बारा प्रहरीले नियन्त्रणमा लियो ट्रक, ५३ लाख बराबरको सामान जफत
मेरोन्यूज
२०८१ फागुन १९ गते १९:१४

काठमाडौं। भन्सार छलीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीले सोमबार दिउँसो १ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना६ख ४४४७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भन्सार छलीको सामान रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए।
उक्त ट्रकमा करिब ५३ लाख ४० हजार ९० रुपैयाँ बराबरको विभिन्न खुद्रा सामानहरू रहेको तामाङले बताए।
उक्त ट्रक र सामान आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।
तामाङले तस्करीमा प्रहरीले शून्य सहनशीलता अपनाएको भन्दै तस्करी नसहने बताए। ‘हामी तस्करी नियन्त्रणमा केन्द्रित छौं,’ तामाङले भने, ‘तस्करीजन्य अपराधमा प्रहरीले शून्य सहनशीलतापूर्वक काम गरिरहेको छ।’
सम्बन्धित














१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
प्रतिक्रिया