माओवादी आक्रमणबाट ध्वस्त भएको अछाम दरबार २३ वर्षपछि ठडियो, १६ वर्षपछि उद्घाटन

अछाम। अछाम दरबारको उद्घाटन गरिएको छ ।
सोमबार दरबारको एक कार्यक्रमकाबीच उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । दरबारको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरे ।
शहरी विकास मन्त्रालयले दरबारको पुनर्निर्माण गरेको थियो । दरबारको उद्घाटन गर्दै सिंहले देशमा रहेका सम्पदा र संरचनाको विकास तथा बिस्तार गर्न आवश्यक रहेको बताए । ती सम्पदालाई आम्दानीको स्रोत बनाउन सकिने उपप्रधानमन्त्री सिंहको भनाइ थियो । पुनर्निर्माण गरिएसँगै ऐतिहासिक दरबार पुरानै स्वरुपमा देखिएको छ । दुई करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको दरबार तीन सय २० वर्गमिटरमा बनेको छ ।
दरबार निर्माणको काम २०६७ सालमा सम्पन्न गर्न राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालिका र कुवँर गरी पाँचवटा निर्माण कम्पनीसँग २०६५ सालमा सम्झौता भएको थियो । तर, दरबार निर्माणमा थप १४ वर्ष लागेको हो । ४ फागुन २०५८ मा तत्कालीन विद्रोही माओवादीको आक्रमणबाट अछाम दरबार ध्वस्त भएको थियो । त्यो समयमा मंगलसेन बजारको बीचमा रहेको दरबारमा जिल्लास्थित सरकारी कार्यालय थिए ।
दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसँगै ५३ सेना, ५९ प्रहरी, दुई निजामती कर्मचारी र आठ सर्वसाधारण गरी एक सय २२ जनाको ज्यान गएको थियो । अछाम दरबारको झण्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको थियो ।















चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गर्दै राष्ट्र बैंक
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
क्रोकस हमलाका दोषीलाई आजीवन जेल
बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया