विश्व च्याम्पियनसिपकी कांस्य विजेतासँग देवकी पराजित

काठमाडौँ । नेपाली खेलाडी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् ।
थाइल्यान्डको बैंकमा भएको प्रतियोगितामा महिला ५२ केजीमुनिको प्रतिस्पर्धामा देवकी विश्व च्याम्पियनसिपकी कांस्य विजेता नान्दिनसँग पराजित भएकी हुन् ।
उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जानकारी दिए । बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्ववरीयतामा ३०४औँ तथा नान्दिन ७५औँ स्थानमा छन् ।
अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा देवकीसहित नेपालबाट छ खेलाडीले सहभागिता जनाएका थिए । महिला ५७ केजीमुनि ओलम्पियन मनीता श्रेष्ठ प्रधानले पहिलो चरणमा फिलिपिन्सकी खेलाडीलाई पराजित गरिन् भने दोश्रो चरणमा काजाकिस्तानकी खेलाडीसँग चुकिन् । महिला ७० केजीमुनि प्रतिस्पर्धामा भारतीय खेलाडीले रञ्जना खड्कालाई पाखा लगाइन् ।
पुरुष ६० केजीमुनि प्रतिस्पर्धामा विकास विकले तुर्कमिनिस्तानका खेलाडीलाई पराजित गरे भने दोश्रो चरणमा बहराइनका खेलाडीसँग पछि परे । यस्तै, ६६ केजीमुनिको स्पर्धामा विशेष विक तुर्कमिनिस्तान र ९० केजीमुनिमा विपिन तामाङ भियतनामका खेलाडीसँग पराजित भए ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया