ढाला परिवर्तन गर्ने टिपरमाथि उपत्यका ट्राफिक प्रहरीले थाल्यो कारवाही
मेरोन्यूज
२०८१ फागुन २० गते १३:२३

काठमाडौँ । स्वरूप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले अभियान नै सञ्चालन गरेर टिपरमाथि कारवाही सुरु गरेको हो ।१८ फागुनको रातिबाट कारवाही सुरु गरेको प्रहरीले एकै दिनमा ४२ वटा टिपरलाई नियन्त्रणमा लिएर कारवाही थालिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार ढाला थपघट गरी स्वरूप परिवर्तन गरिएका २७ वटा, ओभरलोड बोकेका १० वटा र कागजपत्र नभएका ५ वटा टिपरलाई नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा रहेका टिपरकाहरुको ढाला हटाउने र ओभरलोड मिलान गरी कारबाही गरेर मात्रै छाड्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया