अमेरिकामा दादुराको प्रकोप बढ्दो

काठमाडौं । अमेरिकी सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएकाे छ ।
अमेरिकाको दोस्रो ठुलो राज्य टेक्ससमा दादुराका करिब १६० घटना रिपोर्ट गरिएको छ । यो प्रकोप महिनौँसम्म रहन सक्ने चेतावनी राज्यका स्वास्थ्य अधिकारीहरूले दिएका छन् ।
टेक्सस राज्य स्वास्थ्य सेवा विभागका अनुसार सप्ताहन्तमा टेक्ससमा एक दर्जन दादुराका घटना पत्ता लगाइएको छ । सोमबार अस्टिनमा जनस्वास्थ्य समितिसँगको सुनुवाइको क्रममा राज्य स्वास्थ्य विभागका आयुक्त डा. जेनिफर सुफोर्डले घटनाहरू नौ काउन्टीहरूमा फैलिएको बताए ।
‘हामीलाई थाहा छ कि पछिल्लो १० वर्षमा संयुक्त राज्य अमेरिकामा देखा परेका अन्य प्रकोपहरू महिनौँसम्म चलेका छन् । केही साढे दुई महिनासम्म चलेका छन्, तर न्युयोर्कमा साढे १० महिनासम्म चलेको थियो,’ सुफोर्डले थपे ।
पहिलो दुई केसहरू जनवरीको अन्तमा पहिचान गरिएको र त्यसवेलादेखि संख्या बढ्दै गएको छ । सबै केसहरू खोप नगरिएका व्यक्तिहरूमा रहेका छन् । धेरैजसो केसहरू पाँचदेखि १७ वर्ष उमेरका बालबालिकामा छन् ।
टेक्ससले फेब्रुअरी २६ मा दादुराको प्रकोपबाट अमेरिकामा पहिलो मृत्युको रिपोर्ट गरेको थियो । यो केस खोप लगाएका विद्यालय जाने उमेरका बच्चाको थियो । दादुरा एक अत्यधिक संक्रामक श्वासप्रश्वास रोग हो ।
प्रतिक्रिया