अमेरिकामा दादुराको प्रकोप बढ्दो

काठमाडौं । अमेरिकी सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएकाे छ ।
अमेरिकाको दोस्रो ठुलो राज्य टेक्ससमा दादुराका करिब १६० घटना रिपोर्ट गरिएको छ । यो प्रकोप महिनौँसम्म रहन सक्ने चेतावनी राज्यका स्वास्थ्य अधिकारीहरूले दिएका छन् ।
टेक्सस राज्य स्वास्थ्य सेवा विभागका अनुसार सप्ताहन्तमा टेक्ससमा एक दर्जन दादुराका घटना पत्ता लगाइएको छ । सोमबार अस्टिनमा जनस्वास्थ्य समितिसँगको सुनुवाइको क्रममा राज्य स्वास्थ्य विभागका आयुक्त डा. जेनिफर सुफोर्डले घटनाहरू नौ काउन्टीहरूमा फैलिएको बताए ।
‘हामीलाई थाहा छ कि पछिल्लो १० वर्षमा संयुक्त राज्य अमेरिकामा देखा परेका अन्य प्रकोपहरू महिनौँसम्म चलेका छन् । केही साढे दुई महिनासम्म चलेका छन्, तर न्युयोर्कमा साढे १० महिनासम्म चलेको थियो,’ सुफोर्डले थपे ।
पहिलो दुई केसहरू जनवरीको अन्तमा पहिचान गरिएको र त्यसवेलादेखि संख्या बढ्दै गएको छ । सबै केसहरू खोप नगरिएका व्यक्तिहरूमा रहेका छन् । धेरैजसो केसहरू पाँचदेखि १७ वर्ष उमेरका बालबालिकामा छन् ।
टेक्ससले फेब्रुअरी २६ मा दादुराको प्रकोपबाट अमेरिकामा पहिलो मृत्युको रिपोर्ट गरेको थियो । यो केस खोप लगाएका विद्यालय जाने उमेरका बच्चाको थियो । दादुरा एक अत्यधिक संक्रामक श्वासप्रश्वास रोग हो ।
















बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया