न्यूनतम पारिश्रमिक नदिने संस्थाहरु कारबाहीको दायरामा आउँछन्ः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूनतम पारिश्रमिक नदिने संस्थाहरू कारबाहीको दायरामा आउने बताएका छन्।
मंगलबार ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यूनतम पारिश्रमिकभन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिए।
प्रधानमन्त्री ओलीले अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसकारी अस्पतालहरुमा नर्सहरुले न्यूनतम पारिश्रमिक नपाएको गुनासो सुनेको बताए।
‘अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको छ। अहिले पनि कतिपय गैरसकारी हस्पिटलहरुमा म सुन्छु, हो कि होइन मैले अध्ययन गर्नुपर्छ। खुद नर्सहरुले पनि न्यूनतम स्यालरी बराबरको रकम पाइरहेका छैनन्। यस्तो सुनेको छु,’ उनले भने,’न्यूनतम पारिश्रमिकभन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन कतै पनि पाइँदैन। यो दण्डनीय कानून लाग्ने विषय बनाउनु पर्दछ।’
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया