बारामा अढाइ किलो अफिमसहित दुई जना पक्राउ
मेरोन्यूज
२०८१ फागुन २० गते १८:४३

रौतहट । बाराको अमलेखगन्जस्थित प्रहरी गस्ती टोलीले अढाइ किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान अमलेखगन्ज चौकमा हेटौंडाबाट वीरगन्तर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाइकललाई जाँच गर्दा सिटमुनी लुकाएर राखेको अढाए किलो अफिम बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता विजयराज पण्डितले बताएका छन्।
मोटरसाइकल चालक चितवन कालिका नगरपालिका-३ का ५० वर्षीय सञ्चलाल वाइबा र पछाडि सवार हेटौडा उप-महानगरपालिका-३ का ४८ वर्षीय हिरालाल वाइबा पक्राउ परेको पण्डितले जानकारी दिएका छन्।
अफिम तीन वटा पोकामा थिए। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ सई टेकबहादुर कार्कीको कमाण्डमा गएको टोलीले सूचनाको आधारमा मोटरसाइकललाई चेकजाँच गरेको थियो।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया