दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै न्यूजील्याण्ड

काठमाडौं । न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
जारी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्यूजील्याण्डका कप्तान मिचेल सान्टनरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।
दक्षिण अफ्रिका समुह बी को विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने न्यूजील्याण्ड समुह ए को उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित रहेको छ भने न्युजील्याण्डले समुह चरणमा एक खेलमा हार बेहोरेको थियो ।
दुवै देशबीच हेड टू हेडको कुरा गर्दा दक्षिण अफ्रिका र न्यूजील्याण्डबीच अहिलेसम्म ७३ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्यूजील्याण्डले २६ खेलमा जित हासिल गरेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।
यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा भारले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा पुगेको छ । आजको खेलको विजेताले मार्च ९ मा हुने च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतसँग खेल्ने छ ।









वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकाेमा एशोसियसनको आपत्ति
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया