राष्ट्रियसभाको बैठक बस्दै, अध्यादेश पेश गरिने

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १: १५ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।
बुधबार प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए ।
प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१ पनि बहुमतले स्वीकृत गरेको थियो ।
योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धि अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया