बुधबार, चैत १८, २०८२

आमा श्रीदेवीको विरुद्धमा गएर अभिनेत्री बनेकी थिइन् जान्ह्वी

मेरोन्यूज २०८१ फागुन २२ गते १४:१५

काठमाडौं । बलिउड अभिनेत्री जान्ह्वी कपूरको आज २८ औं जन्मदिन हो।

Advertisement
nepal life insurencenepal life insurence

फिल्म ‘धडक’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी जान्ह्वी बाल्यकालदेखि नै अभिनेत्री बन्न चाहान्थिन् । उनी स्कूले जीवनदेखि नै मोडलिङ र नृत्य प्रतियोगिताहरूमा भाग लिन्थिन् ।

तर आमा तथा दिग्गज स्वर्गीय अभिनेत्री श्रीदेवीले छाेरीलाई फिल्मी दुनियाँमा प्रवेश गराउन कहिल्यै चाहिनन्।

जान्ह्वीले एक अन्तर्वार्तामा यसबारे खुलासा गरेकी थिइन्। उनले आफ्ना आमाबाबु दुवै फिल्म उद्योगसँग सम्बन्धित रहेका कारण पनि आफुलाई सानैदेखि अभिनयमा रुचि जागेको बताइन् ।

तर आमा श्रीदेवी आफ्नी छोरीले संघर्ष र तनावले भरिएको जीवनको सामना गर्नु नपरोस् भन्ने चाहान्थिन्।

अभिनयमै करियर बनाउन चाहेकी जान्ह्वीले आफ्नी आमालाई मनाउन बुबाको सहयोग लिइन्, बुबा बोनी कपूरले श्रीदेवीलाई मनाएपछि जान्ह्वीले बलिउडमा प्रवेशको सहमति पाएकी थिइन् ।

जान्ह्वीले सन् २०१८ मा फिल्म धडकबाट बलिउडमा डेब्यु गरिन् । तर छोरीको पहिलो फिल्म रिलिज हुनुभन्दा पाँच महिना अघि नै श्रीदेवीको निधन भयो ।

प्रतिक्रिया