धरानको जंगलमा मध्यराति प्रहरीद्वारा हवाई फायर

सुनसरी । सुनसरीको धरानमा हवाई फायर गरी लागुऔषध गाँजा ओसार-पोसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार बिहान राति १ बजे धरान उपमहानगरपालिका-२० मा प्रहरीले हवाई फायर गरी धनकुटा साँगुरीगढी नगरपालिका-१ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गर्न हवाई फायर गरेको सुनसरी प्रहरीले जनाएको छ।
सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार राईलगायत व्यक्ति विष्णुपादुकाबाट रेल्वेतर्फ जंगलको बाटो हुँदै गाँजाको भारी बोकेर हिँडिरहेका थिए।
उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको तिम्सिनाले बताए। ओसार-पोसारमा संलग्न रहेकामध्ये राईबाहेक अन्य फरार भएको प्रहरीले जनाएको छ।
उक्त स्थानबाट प्रहरीले ९ वटा भारी बनाएर बोकेको २२५ किलो गाँजा बरामद गरेको छ। ओसार-पसारमा संलग्न रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया